रामोसले लिभरपुलविरुद्धको खेल गुमाउने
शुक्रबार, २० चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटका कारण रामोसले इन्ग्लिश क्लब लिभरपुलविरुद्धको क्वाटरफाइनलको दुबै लेग गुमाउने भएका हुन् ।
३५ वर्षीय डिफेन्डर रामोसले विश्वकप छनौटको दौरान चोट बोकेका हुन् । उनले पीडुलाको चोट बोकेको बताईएको छ ।
विश्वकपको युरोपियन छनौट अन्तर्गत कोसोभोविरुद्धको खेलमा रामोसले चोट बोकेका हुन् । उक्त खेलमा स्पेनले ३-१ को जित निकालेको थियो ।
रियलले लिभरपुलसँग क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ मा आफ्नै मैदानमा खेल्नेछ । यस्तै अप्रिल १४ मा दोस्रो लेग खेल उसैको मैदानमा खेल्नेछ ।










%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)

