दोस्रो बाग्लुङ टु ए साईट भलिबल हुने
बुधबार, चैत १८, २०७७खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको बाग्लुङ खुल्ला राष्ट्रिय टु ए साईट पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
हेप्पी योङ युथ क्लबको आयोजनामा हुने प्रतियोगिता चैत्र २६ देखि २९ गतेसम्म हुनेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल नयाँ बसपार्क स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने भएका छन् ।
‘खेलाडी मान होईन सम्मान हो, खेलुकद शान हाईन हाम्रो पहिचान हो’ भन्ने नारा सहित सुरुहुने प्रतियोगिताको टिम दर्ता शुल्क समेत तोकिएको छ । ईच्छुक टोलीले ३५ सय तिरेर प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।
प्रतियोगिताको विजेता जोडीले ६० हजार पाउने छन् भने दोस्रो हुने टोलीले ३० हजार पाउनेछन् । यस्तै तेस्रो हुने जोडीले १५ हजार नगद पाउने आयोजक हेप्पी योङ युथ क्लबले जनाएको छ ।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





