जर्मनीको विजयी सुरुवात
शुक्रबार, १३ चैत्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।
बिहीबार राति भएको पहिलो खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो ।
सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए ।
जितसँगै समूह 'जे' को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
आइसल्याण्डले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यसै समूहको अर्को खेलमा रोमानियाले नर्थ मासेडोनियालाई ३-२ ले हराएको छ ।
अर्मेनियाले लिचेस्टिनलाई १-० ले हराएको छ ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)