धनगढी । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर वडा नम्बर ४, १२, १४, १६ र १९ विजयी भएका छन् ।
जुगेडा स्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको महिला तर्फको पहिलो खेलमा वडा नम्बर १५ र १६ बीच भयो । जसमा वडा नम्बर १६ ले वडा नम्बर १५ लाई १–० ले हरायो ।
दोस्रो खेलमा महिला तर्फ नै वडा नम्बर १९ ले वडा नम्बर ७ लाई ७–० ले पाखा लगायो ।
तेस्रो पुरुष तर्फको खेलमा वडा नम्बर १२ ले वडा नम्बर २ लाई ५–० ले पराजित गरेको छ । चौथो खेलमा महिला तर्फ वडा नम्बर १४ ले वडा नम्बर ४ लाई ५–० ले किनारा लगायो । पाचौ खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई ३–२ ले हरायो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पुरुषतर्फ चार र महिलातर्फ एक खेल हुनेछ ।
प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिईएको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।