धनगढी । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर ७ विजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा वडा नम्बर १ र वडा नम्बर ७ तथा महिला तर्फको खेलमा पनि वडा नम्बर ७ विजयी भएको हो ।
जुगेडा स्थित मनकामना यूवा क्लबको खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १ ले वडा नम्बर ५ लाई ३–० ले हरायो । पुरुष तर्फको अर्को खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ३–० ले पाखा लगायो । महिला तर्फको खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई २–० ले हरायो ।
प्रतियोगिता अन्तर्गत बिहीबार तीन वटा खेलहरु हुनेछन् । चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बिहीवार पुरुष तर्फका दुई र महिला तर्फको एक खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए ।
प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिईएको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।