एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरलाई थप ६ वर्ष बढीको प्रतिबन्ध लागेको छ ।
फिफाले बुधबार पूर्व अध्यक्ष ब्लाटरलाई थप ६ वर्ष ८ महिनाको प्रतिबन्ध लगाएको हो ।
फिफाले संस्थाको विभिन्न आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ ।
यस अघि सन् २०१५ मा फिफाले ब्लाटरलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो ।
फिफा अध्यक्ष रहदा संस्थाको आचार संहिताविपरित कार्य गरेको आरोप उनीमाथि रहेको छ ।
स्विट्जरल्याण्डका ब्लाटर सन् १९९८ देखि २०१५ सम्म फिफाका अध्यक्ष थिए ।
फिफाले ब्लाटरसँगै पूर्व महासचिव जेरोमी भाल्केलाई पनि ६ वर्ष ८ महिनाको प्रतिबन्ध लगाएको छ ।