काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिकेटिङ पार्टनरको रुपमा 'पे वेल' जोडिएको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले बुधबार टिकेटिङ पार्टनरको रुपमा पे वेल प्रालिसँग सम्झौता गरेको छ ।
एनएसएलका प्रमुख आश्रेता कार्की चौधरी र पे वेलका प्रमुख भिम प्रसाद तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै लिगको सम्पूर्ण टिकट बिक्री पे वेलबाट हुनेछ ।
'नेपाल सरकारको डिजिटल कन्सेप्टलाई आत्मसाथ गरेर अगाडी बढेका छौँ । एनएसएलसँग जोडिने मौका दिएकोमा धन्यवाद,' उनले भने ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।