काठमाडौं । महाबिर क्लबले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार सानोगौचरण युथ क्लबलाई २-० ले पराजित गर्दै महाबिरले पहिलो जित निकालेको हो ।
महाबिरको जितमा शुभम राय र अरुण राज धामीले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा शुभमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३७ औं मिनेटमा अरुणले गोल गर्दै महाबिरलाई २-० को जित दिलाए ।
जितसँगै महाबिरले ३ खेलमा ३ अंक जोडेको छ ।
सानोगौचरणको यो तेस्रो हार हो ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।