धनगढी । धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा मंगलबारदेखि मनकामना यूवा क्लबको खेल मैदान जुगेडामा मेयर, उपमेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
पुरुष तर्फ वडा नम्बर ११ र महिला तर्फ वडा नम्बर १२ विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा महिला तर्फ वडा नम्बर १२ ले वडा नम्बर १ लाई ८–० को फराकिलो अन्तरले हरायो । पुरुष तर्फ वडा नम्बर ११ ले वडा नम्बर ३ लाई ३१ ले पराजित गरेको छ ।
चैत २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बुधबार पुरुष तर्फका दुई र महिला तर्फको एक खेल हुने म्याच कमिस्नर निरज बिष्टले जानकारी दिए ।
यसअघि प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका नगर उप–प्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले खेलकुदको प्रवद्र्धनका लागि मेयर, उप मेयर कप पुरुष तथा महिला वडा स्तरीय फुटवल प्रतियोगिता राखिएको बताईन ।
नगर खेलकुद समितिका संयोजक दिपक कुमार थापा क्षेत्रीले आउँदो बर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिईने बताए ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश प्रसाद जोशीले वडा स्तरीय मेयर, उप मेयर कप पुरुष तथा महिला फुटवल प्रतियोगितालाई निरन्तरता दिदै लैजानुपर्ने बताए ।
प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिईएको छ ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।