आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारोत्तोलनका ‘सारथी’

मंगलबार, १० चैत्र २०७७दिपेश तिमल्सिना
भारोत्तोलनका ‘सारथी’
Loading ad...
mustang rice ad

काठमाडौं । कुनै समय पूर्वमा फुटबलको क्रेज'' निकै थियो । राष्ट्रिय फुटबल टोलीमा पनि पूर्वकै खेलाडीको दबदबा थियो । खेल भनेकै फुटबल सम्झिन्थे । विराटनगरमा जन्मिएका पार्थसारथी सेन गुप्ता भने बडिबिल्डिङमा लागे ।

१३ वर्षको हुँदा दाह्रा सिंहको ज्यानले लोभ्याएपछि उनको मन अन्यन्त्र गएन । तर, शारिरिक व्यायामका लागि चाहिने एउटा पनि सामान उनीसँग थिएन ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझै उनले एउटा जुक्ति लगाए । गाउँघर तिर पाइने जाँतो र फलामको डन्डीले शारिरिक व्यायाम गर्ने सोच बनाए । छिमेकीसँग मागेर जाँतो र फलामको डन्डी जुटाए । त्यसपछि उनी दिनहुँ त्यसलाई उठाउँदै व्यायाम गर्न थाले । तर, उनलाई यो पनि खेल हुन्छ भन्ने थाहा थिएन।

रहरले शरीर बलियो बनाउन लागेका उनको सपना भने डाक्टर बन्नु थियो । पुर्खौली व्यवसाय औषधि पसल भएकाले परिवारको सपना समेत उनलाई डाक्टर बनाउनु थियो ।

No description available.

आफ्नो सपना साकार पार्न एसएलसीपछि विज्ञान विषय लिएर पढाई सुरु गरे । राम्रो नतिजामा पास गरे । पढाईलाई निरन्तरता दिँदै बीएसीमा भर्ना भए ।

वि.सं २०३० तिर पूर्वी सहरमा शरीर बलियो बनाउने र प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भावनाको विकास भईसकेको थियो । पूर्वमा बलिया व्यक्तिहरुको जमात ठुलै बनिसकेको थियो । उनले पनि क्षेत्रीयस्तरका प्रतियोगितामा भाग लिने सुरसार गरे ।

बीएससी पढ्दै गर्दा उनले बडिबिल्डिङका क्षेत्रीय स्तरका प्रतियोगितामा भाग लिए । उनी बलिया व्यक्तिका रूपमा परिचित भए । त्यसपछि उनको मन खेलकुदतर्फ मोडियो र उनलाई खेलकुदले समात्यो ।

भारोत्तोलन संघका जन्मदाता

काठमाडौं आउनु अघि उनले पूर्वका विभिन्न बडिबिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका थिए । उनी धेरै पटक बडिबिल्डिङमा च्याम्पियन समेत बने । त्यहि समय काठमाडौंमा पहिलो संस्करणको राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भयो ।

बलिया व्यक्तिले कबड्डी खेल्छन् भनेपछि उनको टिम पनि भाग लिन काठमाडौं पुग्यो । उनको टिमको काठमाडौं आउनुको अर्को उद्देश्य थियो संघ दर्ता गर्नु । तर, संघ दर्ता गर्न त्यति सहज भने थिएन ।

‘हामीले विराटनगर, धरान, काठमाडौंलगायत क्षेत्रमा बडिबिल्डिङ प्रतियोगिता गर्दै आएका थियौं,’ उनले भने, ‘हामीले हरेक वर्ष बडिबिल्डिङ प्रतियोगिता गरिरहने भएकाले यसलाई संस्थागत गर्नुपर्छ भन्ने लाग्यो । यसका लागि चार–पाँच वर्ष धायौं तर भएन ।’

No description available.

यसै क्रममा राखेपको सदस्य–सचिवमा शरदचन्द्र शाह आइसकेका थिए । यही समूहले उनलाई पनि बडिबिल्डिङ संघ दर्ताका लागि पहलको आग्रह गरे । तर, यसपटक पनि संघ दर्ता हुन सकेन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा बडिबिल्डिङ संघ नभएको भन्दै सदस्य–सचिव शाहले राखेपमा दर्ता गर्न नमिल्ने बताए ।

तत्कालीन सरकारले जनताको जिउ बलियो बनाउने खेललाई मान्यता नदिँदा उनले किशोरावस्थामै गृहनगर विराटनगरमा जिमखाना खोले । पूर्वमा उनले शारीरिक सुगठनको लहर ल्याए । विराटनगरमा आफैंले आयोजना गरेको प्रतियोगितामार्फत 'स्ट्रोङ्गेस्ट म्यान अफ विराटनगर’ घोषित गुप्ता तत्कालिन अवस्थाका चुनौतीबाट पछि हट्ने मान्छे थिएनन् ।

उनीसहितको टिमको बारम्बारको पहलपछि सदस्य सचिव शाहले बडिबिल्डिङलाई नभई भारोत्तोलन ओलम्पिकमा सहभागी खेल रहेछ भन्दै मान्यता दिए । २०३६ मा उनको प्रयास सफल भयो ।

उनले त्यो पल सम्झँदै भने, ‘बडिबिल्डिङ भनेर पहल गरेका थियौ । ओलम्पिकमा सहभागि खेल नभएपछि त्यसै खेलसँग मिल्दोजुल्दो भन्दै भारोत्तोलन संघलाई मान्यता दिए । हामी त्यसैमा पनि खुसी भएँ । त्यसले एक हदसम्म सफल भएको अनुभूति दियो ।’

पहिलो खेलमै स्वर्ण

संघ दर्तालगत्तै पहिलो राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने तयारी भयो । पहिलो राष्ट्रिय प्रतियोगितामा ११ अञ्चलबाट २९ खेलाडीले ६ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा ७५ केजी तौल समूहमा पार्थसारथी सेन गुप्ताले प्रतिस्पर्धा गरे । उनले ३०० पाउण्ड भार वहन गर्दै स्वर्ण जिते ।

अर्को वर्ष नेपालगन्जमा प्रतियोगिता भयो । उनले राम्रो नतिजा हात पारे । त्यसपछि सन् १९८० मा भएको मस्को ओलम्पिकमा पहिलो पटक नेपाली भारोत्तोलन खेलाडी सहभागी गराउने निर्णय भयो । त्यसका लागि तीन खेलाडीको सूचीमा तयार भयो । तर, उनी त्यो सूचीमा अटाउन सकेनन् ।

No description available.

‘संघ दर्ता भएपछि नेपाली भारत्तोलकहरुले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका थिए । मस्को ओलम्पिकका लागि खेलाडी छनोट भयो । तर, छनोटमा राम्रो गर्दा गर्दै पनि मलाई त्यो सूचीमा राखिएन,’ उनले भने, ‘आफ्नो भन्दा तल्लो स्तरका खेलाडीलाई ओलम्पिक पठाउने निर्णयले म एकदमै निराश भएँ । यतिसम्म कि खेलै छोड्नेसम्मको निर्णयमा पुगें ।’

ओलम्पिकको छनोटका लागि काठमाडौं पुगेकामा उनी आफुलाई उक्त टोलीमा नराखेपछि विचल्लित जस्तै भए । उनी काठमाडौंका गल्लिमा भौतारिए । उनले आफ्नो निराशा सुनाए, ‘ओलम्पिक छनोटमा पर्नु पर्ने म नपरेपछि निकै दुखी भए । दुख लिएर के घर जानु भनेर म घर गइन । एक साता जति काठमाडौंमै भौतारिए । त्यससमय मलाई धेरैले सम्झाए र म घर फर्किए ।’

सफल प्रशिक्षक

छनोटमा भोगेको पीडाका कारण उनले खेल्न छोडे । तर, भारोत्तोलनप्रतिको माया भने मारेका थिएनन् । उनीमा भारोत्तोलन प्रतिको माया फेरि पलायो । बिस्तारै भारोत्तोलनको विकास क्रम सुरु भइरहेको थियो । दक्ष प्रशिक्षक कोही थिएन । प्रशिक्षक बन्ने पालो उनकै काँधमा आयो । भारतको पटिया पुगे । त्यहाँबाट प्रशिक्षकको १० महिने कोर्स गरे । कोर्स सफलताका पूर्वक पूरा गरेर उनी नेपाल फर्किए ।

पहिलो प्रशिक्षकको रूपमा परिषदमा आबद्ध भएपछि उनले यसको प्राविधिक जानकारी पनि लिए । आफूसँगैका सहकर्मी पनि उनका चेला बने । उनले सन् १९८०–८१ तिर भारतको दिल्लीमा भएको एसियाली खेलकुदमा भारोत्तोलन टिम लिएर गए । त्यहीबाट उनको प्रशिक्षक यात्रा सुरु भयो ।

भारोत्तोलनप्रतिको निरन्तर साधनाले उनलाई नेपालकै सफल प्रशिक्षक बनायो । उनको नेतृत्वमा नेपाली भारोत्तोलनले १९९२ यताका ६ वटा दक्षिण एसियाली खेलकुद (साफ), दुई एसियाली च्याम्पियनसिप, तीन एसियाली खेलकुद र दुई ओलम्पिकसम्म भाग लिएको छ । प्रशिक्षकको रुपमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने कीर्तिमान उनकै हो । उनको प्रशिक्षणमा नेपालले दक्षिण एसियाली खेलकुदमा १ सय ७ पदक जितेको छ ।

No description available.

‘मेरो प्रशिक्षणमा नेपाली भारोत्तोलकले सयभन्दा बढी पदक जितेको छ । जुन एकै खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउने म पहिलो प्रशिक्षक हुँ । भलै मैले स्वर्ण पदक दिलाउन सकिन होला । तर, मैले प्रशिक्षण छोडिन्जेलसम्म कुनै पनि प्रशिक्षकले यति पदक दिलाएका थिएनन् । पछिल्लो समय पनि अरु प्रशिक्षकले यत्रो पदक दिलाएको छ जस्तो लाग्दैन,’ उनले भने ।

उनकै पहलमा नेपाली महिलाले पनि भार उठाउने काम गरे । अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाए । ‘सुरुमा कतिले महिला पनि भारोत्तोलनमा आउँछन् र भनेर सोधे,’ उनले गर्वकासाथ सुनाए, ‘अहिले महिलाले नै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो गरिरहेका छन् । १३ औं सागमा नै नेपाललाई स्वर्ण पदक दिलाए ।’

एसियन गोल्ड अवार्डबाट सम्मान

भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थसारथी ‘एसियन गोल्ड अवार्ड’ बाट सम्मानित भएका थिए । एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्याएबापत एसियाली भारोत्तोलन संघले ५७ वर्षको उमेरमा गुप्तालाई अवार्डबाट सम्मान गरिएको थियो ।

भारोत्तोलनमा प्रदान गरिने उक्त अवार्ड एसियाकै सबैभन्दा ठूलो अवार्डका रूपमा मानिन्छ । सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिपका दौरान एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद अल्माना तथा महासचिव अलि मुरादीले गुप्तलाई उक्त अवार्ड प्रदान गरेका थिए । एसियास्तरको उक्त भारोत्तोलन च्याम्पियनसिपमा गुप्तले जुरी अध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए ।

२०६५ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले उनको कदर गर्यो । २५ वर्षभन्दा बढी समय भारोत्तोलन विकासमा खर्चिदा गुप्ता लाफइटाइम अचिभमेन्ट अवार्डको हकदार बने । जीवनको उत्तरार्दधमा मिलेको यो अवार्डबाट उनी निकै खुसी छन् । यद्यपि उनले अवार्ड सहकर्मी प्रशिक्षक र खेलाडीलाई बाँड्न चाहे ।

‘खेल विकास एक्लो प्रयासमा सम्भव छैन । भारोत्तोलनका खेलाडी र प्रशिक्षक सबैको सहयोगले यो अवार्डको हकदार भएको हुँ,’ उनले भने । मञ्चले पहिलो पटक २०५४ सालमा पुरस्कार दिँदा उनी उत्कृष्ट प्रशिक्षकको विधामा सम्मानित भएका थिए । उनले खुसी साटे, ‘पत्रका मञ्चले गर्दा मेरो सही मूल्याङ्कन भएको महसुस गरेको छु ।’

एउटा खेलको सिंगो इतिहास बोकेका उनले अहिलेसम्म सरकारबाट भने खासै कुनै उल्लेखनीय सम्मान नपाएको बताए । खेलकुदमा बाहेक अन्य कुनै सपना नदेखेका उनले सरकारबाट सम्मान नपाउँनु दुखद भएको बताए । सरकारी स्तरबाट कुनै स्याबासी नपाए पनि खेलकुदप्रति आफ्नो लगावमा कमी नआएको उनले बताए । उनले भने, ‘भारोत्तोलन बिर्सन सक्दिनँ ।’

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल