शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एनभीए भलिबल लिगको ब्रोडकाष्टिङ पार्टनर मिडिया हब

सोमबार, चैत ९, २०७७खेलपाटी संवाददाता
एनभीए भलिबल लिगको ब्रोडकाष्टिङ पार्टनर मिडिया हब
Classic Tech Internet Ad

काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको ब्रोडकाष्टिङ अधिकार मिडिया हबले पाएको छ ।

नेपाल भलिबल संघले सोमबार मिडिया हबसँग ब्रोडकाष्टिङ अधिकारको सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

संघका महासचिव जितेन्द्र बहादुर चन्द, उपाध्यक्ष निरोज मास्के र मिडिया हबका प्रबन्ध निर्देशक सोम धितालले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौतासँगै ब्रोडकाष्टिङ अधिकार बापत मिडिया हबले संघलाई ४ लाख १० हजार नगद उपलब्ध गराउने छ ।

यस्तै प्रतियोगिता मिडिया हबले आफ्नो मातहतमा रहेका सामाजिक संजालबाट प्रत्यक्ष प्रशारण गर्नेछ ।

सम्झौता कार्यक्रममा बोल्दै उपाध्यक्ष मास्केले ब्रोडकाष्टिङ पार्टनरको रुपमा संघले पहिलो पटक प्रायोजन पाएको बताईन् ।

'पहिलो पटक नेपाली भलिबलले ठुलो रकमको स्पोन्सर पाएको छ। हामी निकै खुसी छौ । यस्तो प्रायोजन पछि पनि निरन्तर पाउने आशा छ,' मास्केले भनिन् ।

महासचिव चन्दले पहिले पहिले पैसा दिएर प्रत्यक्ष प्रशारण गर्नु पर्ने अवस्था हटेको बताए ।

प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

प्रतियोगितामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।

लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्ने छन् ।

लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरि कुल ४३ खेल हुनेछ ।

लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् ।

यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

Bajaj Pulsar Motorcycle Ad
यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

यमल भन्छन्- रियलको मैदानमा खेल्न बार्सिलोनालाई गाह्रो हुँदैन

भारत नआउने भए मेसी

भारत नआउने भए मेसी

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने