काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा खालीबारी युथ क्लब र मनोहरा युनाईटेडबीच खेल हुनेछ ।
खालीबारी र मनोहराबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
आज खालीबारी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । मनोहरा तेस्रो जित निकाल्न चाहन्छ ।
यस्तै दोस्रो खेलमा ओसिस क्लब र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ओसिस र सानेपाबीचको खेल दिउसो ३ बजे सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।