एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एस्टनको मैदानमा टोटेनहमलाई जित दिलाउन कार्लोस भिनिसियस र ह्यारी केनले एक एक गोल गरे ।
खेलको २९ औं मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए ।
जितसँगै टोटेनहमले २९ खेलबाट ४८ अंक जोडेको छ ।
टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ ।
एस्टन ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
