एजेन्सी । इंग्लिस क्लब लिड्स युनाईटेडका लिजेण्ड खेलाडी पिटर लोरिमेरको निधन भएको छ ।
लिड्सले लिजेण्ड खेलाडी पिटरको ७४ वर्षको उमेरमा निधन भएको जनाएको छ ।
लामो समयबाट विरामी रहेका पिटरको शनिबार बिहान निधन भएको हो ।
स्कटल्याण्डका फरवार्ड पिटर लिड्सको सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
पिटरले लिड्सका लागि ७ सय ५ खेलमा २ सय ३८ गोल गरेका थिए ।
लिड्सबाट उनले एफए कप र लिग कप जितेका थिए ।
पिटरले स्कटल्याण्डका २१ खेल खेलेका थिए ।
सन् १९७४ को विश्वकपमा उनि टिमका महत्वपूर्ण खेलाडी थिए ।