एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा एभर्टनलाई २-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक एक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम पाँच मिनेट भित्र सिटीले दुई गोल गरेको थियो ।

खेलको ८४ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो ।

साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्नेमाउथलाई ३-० ले हराएर साउथह्याम्पटनले अन्तिम चारको यात्रा तय गरेको हो ।

