एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । मार्को एसेन्सियोको नाममा एक गोल रह्यो ।
सेल्टाका सान्टि मिनाले एक गोल फर्काए ।

सेल्टाको मैदानमा बेन्जिमाले २० औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
४० औं मिनेटमा मिनाले गोल गर्दै सेल्टालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।
रियलले २८ खेलमा ६० अंक जोडेको छ ।
सेल्टा ३४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।