• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बसन्त र आसिफसहित चार खेलाडी महँगा
खेलपाटी संवाददाता
बुधबार, चैत ४, २०७७ खेलपाटी संवाददाता
बसन्त र आसिफसहित चार खेलाडी महँगा

काठमाडौं । सप्तरीको राजविराजमा आयोजना हुने तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको अक्सन सम्पन्न भएको छ।

सप्तरी क्रिकेट संघको आयोजनामा चैत ८ गते देखि सुरु हुने प्रतियोगिताको अक्सन बुधबार सम्पन्न भएको हो ।

अक्सनमा लिगमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु टिममा विभिन्न मूल्यमा भित्र्याएका छन्। अक्सन पछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ।

टिमहरुले यस अघिनै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समाबेश गरेको छ। तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन , रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन , टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन्।

अक्सनमा 'ए' श्रेणीमा रहेका राष्ट्रिय क्रिकेटरहरु बसन्त रेग्मी, आसिफ शेख, अनिल शाह, राशिद खान अधिकतम १५ हजार रुपैयाँमा बिक्रि भए। बसन्तलाई बोदे बर्साईनले, अनिललाई बजाज खडक वारियर्सले, आसिफलाई टिभीएस किंग्स राजविराजले तथा राशिदलाई तिलाठी कोइलाडीले भित्र्याएको हो। यस्तै 'ए' श्रेणीमा रहेका सुनिल धमलाले भने न्यूनतम मूल्य ८ हजार रुपैयाँ पाए जसलाई रुपनी राईडर्सले भित्र्यायो।

पवन सर्राफ मार्की खेलाडी रहेको बजाज खडक वारियर्सले अनिल शाह बाहेक अनिल खरेल ( रु. ७ हजार ) , मुकुन्द यादव ( रु. ११ हजार ) , गुलसन झा ( रु. ७ हजार ) जस्ता खेलाडीलाई भित्र्याएको छ।

कुशल भुर्तेल मार्की रेहको रुपनी राईडर्सले सुनिल धमला ( रु. ८ हजार ) , लोकेश बम ( रु. ११ हजार ) , अमित यादव ( रु. ११ हजार ) , फिर्दोश अन्सारी ( रु. ११ हजार ) , सुमित झा ( रु. ११ हजार ) जस्ता खेलाडी भित्र्यायो।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको तिलाठी कोईलाडीले राशिद खान ( रु. १५ हजार ) , सन्तोष कार्की ( रु. ११ हजार ) , आदील अन्सारी ( रु. ११ हजार ) , रोहण बिके ( रु. ११ हजार ) , दिपेश कंडेल ( रु. ११ हजार ) जस्ता खेलाडीलाई टिममा भित्र्यायो।

सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले बसन्त रेग्मी ( रु. १५ हजार ) , योगेन्द्र सिंह कार्की ( रु. ११ हजार ), अविनाश कर्ण ( रु. ११ हजार ), बिशाल सुश्लिंग ( रु. ११ हजार ) , नारायण जोशी ( रु. ७ हजार ) जस्ता खेलाडीलाई भित्र्यायो।

मेहबुब आलम कार्की खेलाडी रहेको टिभीएस किंग्स राजबिराजले आसिफ शेख ( रु. १५ हजार ), सोनु तामांग ( रु. ११ हजार ), सोनु अन्सारी ( रु. ११ हजार ), प्रशान्त सिंह ( रु. ११ हजार ) जस्ता खेलाडीलाई टिममा भित्र्यायो।

अक्सनमा नाम दर्ता गरेका कुल १ सय ७५ जना खेलाडीहरुई 'ए' , 'बि' , 'सी' र 'डी' गरि चार वटा ग्रेडमा बिभाजन गरिएको थियो। टिमहरुले 'ए' ग्रेडबाट २ जना मात्र खेलाडी तथा 'बि', 'सी' र 'डी' ग्रेडबाट समान ४ जना खेलाडी टिममा राख्न पाउने नियम रहेको थियो।

‘ए’ ग्रेड मा राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका खेलाडीहरु, ‘बि’ ग्रेडमा कम्तिमा ५ वटा राष्ट्रिय प्रतियोगिताहरु तथा उमेर समुह राष्ट्रिय टिमको लागि खेलेका खेलाडीहरु, ‘सी’ ग्रेडमा कम्तिमा जिल्ला टिमको लागि खेलेका खेलाडीहरु तथा ‘डी’ ग्रेडमा जिल्ला स्तरीय प्रतियोगिता खेलेका खेलाडीहरु समाबेश रहेका थिए।

ए ग्रेडमा रहेका खेलाडीलाई अक्सनमा कम्तिमा ८ हजारबाट अधिकतम १५ हजार रुपैयाँसम्म बोलि लाग्ने नियम रहेको थियो। यस्तै बि ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ७ हजार देखि अधिकतम ११ हजार सम्म, सी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ५ हजार देखि अधिकतम ७ हजारसम्म तथा डी ग्रेडमा रहेका खेलाडीलाई कम्तिमा ३,५०० देखि अधिकतम ५,५०० रुपैयाँ सम्म बोलि लागेको थियो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
बंगलादेशविरुद्ध युएईको ऐतिहासिक जित
नेपालको विशाल जित
नेपालको विशाल जित
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपालले टस जित्यो
नेपालले टस जित्यो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP