नाभिद र अनवरलाई क्रिकेटमा आठ वर्षको प्रतिबन्ध
मंगलबार, ०३ चैत्र २०७७खेलपाटी संवाददाता
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले युएईका क्रिकेटर मोहमद नाभिद र शाइमन अनवरलाई ८ वर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीले मंगलबार नाभिद र अनवरलाई प्रतिबन्ध गरेको हो ।
खेल मिलेमतो (म्याच फिक्सिङ) मा दोषी पाईएपछि आईसीसीले दुई खेलाडीमाथि प्रतिबन्ध गरेको हो ।
म्याच फिक्सिङकै कारण आईसीसीले पूर्व कप्तान समेत रहेका नाभिद र अनवरलाई गत वर्ष नै निलम्बन गरेको थियो ।
सन् २०१९ को विश्वकप क्रिकेटको छनोटमा उनीहरुले म्याच फिक्सिङ गरेको बताईएको छ ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

