काठमाडौं । काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी संचालन गर्ने भएको छ ।
काठमाडौं किकर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै एकेडेमी संचालन गर्ने जानकरी गराएको हो ।
एकेडेमी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा संचालन हुनेछ ।
एकेडेमीको लागि काठमाडौं किकर्सले स्कटिस प्रशिक्षक लि मेनसनलाई समेत अनुबन्ध गरेको छ ।
अनुभवी प्रशिक्षक मेनसनले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको रुपमा काम गरिसकेको अनुभव रहेको छ ।
उनले एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा टिम सम्हालिसकेका छन् ।
ग्रासरुट देखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरि एकेडेमी संचालन गर्न लागिएको काठमाडौं किकर्सले जनाएको छ ।
यस्तै काठमाडौं किकर्सले कोरोनाको कारण रोकिएको फुटबल प्रशिक्षण पुन: सुरु गर्ने जनाएको छ ।
किकर्सले प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिक शुक्रबारबाट सुरु गर्न लागिएको जनाएको छ ।
सुरुवातमा शुक्रबार, शनिबार र आइतबार दैनिक फुटबल क्लिनिक आयोजना हुनेछ ।
जसमा ६ देखि ९ वर्ष, १० देखि १३ र १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीले प्रशिक्षण लिन पाउने छन् ।