एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज एट्लान्टासँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले इटालियन क्लबविरुद्ध घरेलु मैदानमा खेल्नेछ । रियल र एट्लान्टाबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा इटालियन क्लबविरुद्ध रियल सहज जितको खोजीमा हुनेछ ।
पहिलो लेगमा जित निकाल्न सफल रियल दोस्रो लेगमा समेत सहज जित निकाल्न चाहन्छ ।
रियलले पहिलो लेगमा एट्लान्टालाई १-० ले हराएको थियो ।
रियलको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो रहेको छ ।
एट्लान्टालाई भने दोस्रो लेगमा जित्नै पर्ने दबाब रहेको छ ।
तर, घरेलु मैदानमा रियललाई हराउँन एट्लान्टालाई सहज भने छैन ।