• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
धनगढीमा एलपीएलको चर्चा
मनोज थापा (हिमालयन मनोज)
शनिबार, फागुन २९, २०७७ मनोज थापा (हिमालयन मनोज)
धनगढीमा एलपीएलको चर्चा

धनगढी । खेलकुदमा धनी भनेर चिनिएको सुदुर पश्चिम प्रदेशको धनगढी गत वर्षदेखि केही सुस्ताएको देखिन्छ ।

धनगढीमा आयोजना हुने ठुला राष्ट्रिय स्तरका प्रतियोेगिता नहुँदा खेलकुदमा धनगढी सुस्ताएको पो हो की भन्ने प्रश्न उठ्न थालेको थियो ।

गत वर्षको खप्तड गोल्ड कप फुटबलपछि धनगढीमा राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेका थिएनन् । फ्रेन्चाइज क्रिकेट धनगढी प्रिमियर लिग (डीपीएल) गत वर्ष हुन सकेन ।

डीपीएलको गत वर्षको संस्करण कोरोना महामारीका कारण रोकिएको बताईएको थियो । तर अब नयाँ सिजन हुने÷नहुनेमा अन्यौलता छ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपले समेत मिति सार्वजनिक गर्न सकेको छैन ।

तर, खेलकुदमा सुस्ताएको धनगढीमा पाँचौ संस्करणको लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको आयोजना गरिएको छ । एलपीएलको आयोजनासंगै खेलकुदको माहोल फर्किएको देखिन्छ । उमेर समूहको प्रतियोगिताले ‘क्रिकेटको शहर’ उपनाम पाएको धनगढीको साख जोगाएको छ ।

No description available.

एलपीएपलको सुरुवात

२०७१–७२ सालमा लिटिल फ्लावर स्कुल आफ्ना विद्यार्थीलाई लिएर सुदुर पश्चिमका विभिन्न ठाउँमा आयोजना हुने विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा सहभागिता हुन पुग्थ्यो । तर, ती प्रतियोगिताको स्तर निकै फितलो महशुश गरे विद्यालयका प्रिन्सिपल रामचन्द्र शाहीले ।

विद्यार्थीका लागि खेलकुद पनि आवश्यक सम्झिने शाहीले त्यसपछि उमेर समूहको क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना बनाए । २०७३ सालबाट लिटिल फ्लावर लिग क्रिकेट (एलपीएल)को सुरुवात गरे ।

‘विद्यार्थीलाई विभिन्न स्कुल स्तरिय प्रतियोगितामा समावेश गरायौँ । तर, ती प्रतियोगिताको स्तर निकै न्युन थियो ।’ उनले भने, ‘प्रतियोगिताको व्यवस्थापन त्यस्तै । प्रतियोगितामा खेलाडीलाई नै अम्पायर बनाएर खेलाउने गरेको देखियो । अम्पायरको निर्णयमा प्रश्न उठ्थ्यो अनि प्रतियोगितामै झगडा हुन्थ्यो ।’

विद्यालय स्तरीय प्रतियोगिताको व्यवस्थापन र स्तरले उनलाई उमेर समूहको क्रिकेट प्रतियोगिता गर्नु पर्छ भन्ने भावना पलायो । त्यसपछि उनी आफैले विद्यालय स्तरको क्रिकेट प्रतियोगिताको सुरुवात गरे ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा २०७३ साल माघ ५ गतेदेखि १६ गतेसम्म उनी पहिलो संस्करणको एलपीएल क्रिकेटको आयोजना सफलतापुर्वक सम्पन्न गरेका थिए ।

पहिला कुरा काट्थे, अहिले स्याबासी

सुरुवाती समयमा आफ्ना विद्यार्थीलाई विभिन्न प्रतियोगितामा सहभागिता गराउन लैजाँदा अभिवावकबाटै गाली खाएको शाहीको अनुभव छ । उनले सुरुवाती दिनमा विद्यार्थी विगारेको आरोप पनि खेपे ।

‘मैले आफ्ना विद्यार्थी विभिन्न प्रतियोगितामा सहभागिता गराउँदा अभिभावकले गाली गरे । त्यसपछि आफैले विद्यालय स्तरीय प्रतियोगिता सुरु गर्दा सबैले गालि गरे ।’ उनले सुरुवाती दिन सम्झदै भने ।

‘सुरुवातमा अभिभावकले स्कुल विशुद्ध पढाई गर्ने ठाउँ हो । बच्चालाई खेलकुदमा लगाएर बिगार्ने हैन । खेलकुदले के हुन्छ ? स्कुलले पढाइमा ध्यान दिने हो भनेर भन्थे ।’ शाही भन्छन् ।

उनले थपे, ‘विद्यार्थीको भविष्यमा ध्यान दिने हो भन्दै प्रश्न गरेर आउँथे । उनीहरुको चाहना बिहान ६ देखि बेलुका ६ सम्मै पढाइदिए हुन्थ्यो ।’
तर, अहिले आउँदा सबैले स्यावबासी दिन थोलको उनी बताउँछन् ।

‘जो हिजो कुरा काट्दै हिँड्थे । अहिले उनीहरु नै स्यावबासी दिन आउँछन् । त्यसले सुरुवाती दिनका पिडा भुलाएको छ ।’ शाहीले भने, ‘अहिले धनगढीमा खेलकुदको माहोल फेरीएको छ । सुस्ताएको धनगढी फेरी एक पटक क्रिकेटमय बनेको छ । प्रतियोगिताका लागि विभिन्न संघ संस्था पनि सहयोगीको रुपमा अघि बढेका छन् ।’

पछिल्लो समय एलपीएल विद्यालय स्तरमा लुकेर रहेका प्रतिभावान क्रिकेटरलाई प्रोत्साहन गर्ने थलो बनेको छ । अवसर नपाएका यू–१९ सम्मका खेलाडीले आफ्नो क्षमता देखाउन पाउँने ठाउँ पाएका छन् । विद्यार्थीहरुले आफुलाई प्रमाणित गर्ने अवसर पाएको शाही बताउँछन् ।

पछिल्लो पाँच वर्षयता एलपीएलबाट उमेर समूहका थुप्रै खेलाडी उत्पादन भएका छन् । कसैको नजरमा नपरेका खेलाडीले आफुलाई प्रमाणित गर्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका छन् ।

No description available.

एलपीएलको कमाल

एलपीएलमा यू–१९ का खेलाडीले समेत सहभागिता जनाउँदै आएका छन् । अवसरको पर्खाइमा रहेको खेलाडीले एलपीएलमा खेल्दै राष्ट्रिय टोलीसम्म पुगेका छन् ।

उमेर समूह राष्ट्रिय टोलीका सदस्य खडक बोहराले पनि आफ्नो पहिलो घरेलु प्रतियोगिताको रुपमा एलपीएल खेलेका थिए । त्यसपछि २०७४ सालमा मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिता खेलेका उनले तेस्रो संस्करणको एलपीएपलमा शतक प्रहार गर्दै चर्चा बटुलेका थिए । खडक तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा उदयीमान खेलाडी घोषित भएका थिए ।

एलपीएलको पहिलो संस्करणका उत्कृष्ट खेलाडी हुन्, नारायण जोशी । उनी पछिल्लो समय सिनियर टोलीबाट राष्ट्रिय स्तरका प्रायः प्रतियोगिता खेल्दै आएका छन् । उनले पछिल्लो प्रतियोगिता काठमाडौं मेयर्स कप ‘मेयर्स ११’ बाट खेलेका छन् ।

दोस्रो संस्करणका उत्कृष्ट खेलाडी हुन्, किरण कुमार ठगुन्ना । त्यस्तै तेस्रो संस्करणका उत्कृष्ट खेलाडी हुन्, शेर मल्ल । मल्लले २०१९ मा कीर्तिपुरमा एमसीसीविरुद्ध भएको खेलमा नेपाली यू–१९ टोलीबाट खेलेका थिए ।

चौथो संस्करणमा उत्कृष्ट खेलाडी अरियो पौडेल घोषित भएका थिए । एलपीएलबाट उदाएका उनी हाल बागमती प्रदेशबाट सिनियर टोलीमा खेल्दै आएका छन् । उनले काठमाडौंमा जारी काठमाडौं मेयर्स कप क्रिकेटमा समेत उत्कृष्ट प्रर्दशन गरेका छन् ।

यसै सिजनको प्रधानमन्त्री कप क्रिकेट खेलेका अर्जुन साँउद एलपीएलको जारी सिजनमा समेत खेलिरहेका छन् । उनले यस सिजन एलपीएलमा शतक प्रहार गरेका छन् । जारी सिजनमा सुबोध ऐर, शेर मल्ल, विरेन्द्र नाथ, कमल ओली, लक्की कडायत लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरहेको शाहीले बताए ।

‘एलपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी राष्ट्रिय टोलीसम्म पुगेका छन् । उमेर समूहमा थोरै मात्र प्रतियोगिता भइरहेका बेला यसले खेलाडी उत्पादनमा ठुलो सहयोग गरेको छ ।’ उनले भने, ‘हामी यस प्रतियोगितालाई अझै भव्य बनाउन चाहन्छौ । यू–१९ सम्मका खेलाडीले खेल्न पाउने एक उत्कृष्ट थलोको रुपमा विकास गर्ने चाहन्छौ ।’

उनले आफ्नो उद्देश्य पुरस्कारमा प्रतिस्पर्धा गर्ने नभई उमेर समूहका खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न पाउने वातावरणको सृजना गर्ने रहेको बताए । यसका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य भइरहेको शाहीले बताए ।

उनले आगामी दिनमा एलपीएललाई अझै उत्कृष्ट बनाउने तयारीमा रहेको बताए । उनले अर्को संस्करणमा देशभरीबाटै विभिन्न टोलीको सहभागिता गराउने योजनाका साथ तयारी भइरहेको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP