न्युजिल्याण्डका कोलिन ८ हप्ता मैदान बाहिर
शुक्रबार, फागुन २८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । न्युजिल्याण्डका अलराउण्डर कोलिन डी ग्राण्डहोम करिब ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।
दाहिने खुट्टाको एंकल चोटको शल्यक्रिया गरिने भएपछि कोलिन ६ देखि ८ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
३४ वर्षीय कोलिन २०२०/२१ को सिजनको सुरुवातबाटै चोटबाट संघर्ष गर्दै आइरहेका थिए ।
गत वर्षको मार्चबाट उनले अन्तराष्ट्रिय खेल खेलेका छैनन ।
तर, कोलिन इंग्ल्यान्ड भ्रमणअघि फिट हुने बताईएको छ ।
न्युजिल्याण्डले आगामी मे र जुनमा इंग्ल्यान्डको भ्रमण गर्दैछ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

