एजेन्सी । लिग वान क्लब मोनाको फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा निसलाई २-० गोल अन्तरले पराजित मोनाकोले अन्तिम १६ को यात्रा तय गरेको हो ।
मोनाकोलाई जित दिलाउन केभिन भोलाण्ड र रुबेन अगुइलरले एक एक गोल गरे ।
निसको मैदानमा ३० औं मिनेटमा केभिनको गोलबाट मोनाकोले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा रुबेनले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए ।
अब मोनाकोले अन्तिम १६ मा एफसी मेट्जसँग खेल्नेछ ।