बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

फ्रेन्डसिप क्रिकेट : बलपार्क र बासुलिङको पहिलो जित

सोमबार, फागुन २४, २०७७खेलपाटी संवाददाता
फ्रेन्डसिप क्रिकेट : बलपार्क र बासुलिङको पहिलो जित
Classic Tech Internet Ad

काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बल पार्क क्रिकेट एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका छन् ।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सोमबार भएको खेलमा बल पार्क एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका हुन् ।

पहिलो खेलमा बल पार्कले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।

काठमाडौंको लागि सचिन लेखकले अविजित रहदै अर्धशतकीय पाली खेले । उनले सर्बाधिक ८१ रन जोडे भने विशाल श्रेष्ठले २७ रन जोडे ।

बल पार्कका विशाल मण्डल र शशांक अग्रवालले समान २-२ विकेट लिए ।

No description available.

काठमाडौं क्रिकेटले दिएको १ सय ५७ रनको लक्ष्य बल पार्कले १५ ओभरमा ६ विकेट गुमाउदै प्रतियोगितामा पहिलो जित दर्ता गरायो ।

बल पार्कको जितमा कप्तान तथा म्यान अफ दि म्याच प्रशन्न शाक्यले अर्धशतकसहित ८५ रन जोडे । यस्तै निर्भिक पाठक र मेहूल श्रेष्ठले समान १७ रन जोडे ।

काठमाडौंको लागि निराजन पुम्रेले ३ विकेट लिए । यस अघिको खेलमा बल पार्क बालुवाटार क्रिकेट क्लबसँग पराजित भएको थियो ।

दोस्रो खेलमा बासुलिङले स्कुल अफ क्रिकेटलाई ५ विकेटले हरायो ।

टस जितेर ब्याटिङ रोजेको स्कुल अफ क्रिकेटले ८ विकेट गुमाउदै १ सय ६४ रन बनायो । उसको लागि सर्बोच्च बस्नेतले ३२ र रोशन पलामीले २४ रन बनाए । बासुलिङका लागि राजेश यादब, डब्लु मालिक र प्रकाश शाहिले समान २-२ विकेट लिए ।

No description available.

स्कुल अफ क्रिकेटले दिएको १ सय ६७ रनको लक्ष्य एक बल बाँकी रहदा पूरा गर्यो ।

बासुलिङलाई जिताउन डब्लु मलिकले अविजित रहदै ३२ बलमा ५९ रन बनाए । उनी म्यान अफ दि म्याच समेत चुनिए ।

यस्तै सहिल पटेलले ३० रन बनाए । बासुलिङको लागि जनक हुमागाईले दुई विकेट लिए ।

पाकिस्तान दूतावासले आयोजना गरेको छैटौं संस्करणको यस प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

Bajaj Pulsar Motorcycle Ad
सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल