बाँसबारीलाई झम्सिखेलको चुनौती
आइतबार, २३ फाल्गुण २०७७खेलपाटी संवाददाता

फाइल तस्बिर - एन्फा/विवेक सुवेदी
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँ बस्ती युवा क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ बस्ती र झम्सिखेलबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।
नयाँ बस्ती ९ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
श्री कुमारी ९ खेलमा ८ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
अर्को खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ ।
बाँसबारी र झम्सिखेलबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
बाँसबारी ९ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
झम्सिखेल ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।









-1767442666995.png&w=3840&q=75)




-1767418559420.jpeg&w=3840&q=75)