एजेन्सी । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।
मंगलबार राति भएको पहिलो लेगमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रोमानियाको नेसनल एरिनामा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जिरुडले गोल गरेका थिए ।
खेलको ६८ औं मिनेटमा फ्रान्सेली स्ट्राइकर जिरुडले 'ओभर हेड किक' गोल गरेका थिए ।
जुन गोल चेल्सीको जितमा पर्याप्त बन्यो ।

३४ वर्षीय जिरुड च्याम्पियन्स लिगको नकआउट चरणमा चेल्सीका लागि गोल गर्ने सर्वाधिक बूढा खेलाडी समेत बने ।
यस जितसँगै चेल्सीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
एट्लेटिकोलाई भने दोस्रो लेगमा पुनरागमन जित निकाल्नु पर्ने भएको छ ।
चेल्सी र एट्लेटिकोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ । खेल चेल्सीको मैदानमा हुनेछ ।
