पाँच किमीको दौडमा चेपकोचको कीर्तिमान
आइतबार, फागुन २, २०७७खेलपाटी संवाददाता

एजेन्सी । एथलेटिक्सको पाँच किमीको महिला दौडमा केन्याली धाविका बिएट्रिस चेपकोचले कीर्तिमान बनाएकी छिन् ।
फ्रान्सको मोनाकोमा आइतबार १४ मिनेट ४३ सेकेण्डको समय निकाल्दै चेपकोचले कीर्तिमान बनाएकी हुन् ।
चेपकोचले इथोपियाकी सिफान हसनको कीर्तिमान भङ्ग गरेकी हुन् ।
२९ वर्षीय चेपकोचको ३ हजार मिटरमा समेत कीर्तिमान रहेको छ ।
पुरुषतर्फ पाँच किमिमा युगान्डाका धावक जोसुवा चेप्टिगीको नाममा विश्व कीर्तिमान रहेको छ ।
निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डको समय निकाल्दै जोसुवाले कीर्तिमान बनाएका हुन् ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


