अजिमाका छोपेलको जित
आइतबार, फागुन २, २०७७खेलपाटी संवाददाता

काठमाडौं । अजिमा स्नुकर हाउसका छोपेल शेर्पाले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् । छोपेलले लास्ट ब्रेकका सुशिल थापालाई ३–० ले सहजै पराजित गरे ।
त्यस्तै एनआरटीका दीपक मगरले कुमारी क्लबका सुमन लामालाई ३–१, कुमारीकै विकास स्वर्णकारले लास्ट ब्रेकका पवन मगरलाई ३–२ र एएक्सएनका विजय महर्जनले बेम्बुका इन्द्र लामालाई ३–१ को फ्रेममा हराए ।
अन्य खेलमा थानकोटका शेरबहादुर लामाले न्यु स्क्वायरका दीपु शाक्यलाई ३–०, चामुण्डाका दिनेश डंगोलले चन्देश्वरी धर्म घिसिङलाई ३–० तथा एसकेका रिकेश मगरले एस स्नुकर क्लब सुदिप नापितलाई ३–२ ले पाखा लगाए ।
बौद्धनाथ विकास समिति र बौद्ध तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगिता नेपाली स्नुकरमा अहिलेसम्मै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।






copy-1761474438174.jpg&w=3840&q=75)



-1761641224925.jpeg&w=3840&q=75)





-1761584666208.jpeg&w=3840&q=75)