सक्षमलाई सफलता
शनिबार, ०१ फाल्गुण २०७७खेलपाटी संवाददाता

काठमाडौं । एस स्नुकरका सक्षम श्रेष्ठले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
बौद्धनाथ विकास समिति र बौद्ध तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगितामा सक्षमले ब्रेक प्वाइन्टका दीपेश खड्गीलाई ३–० को फ्रेममा पराजित गरे ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा एसका मिराज अधिकारीले १४७ का पवन बस्नेतलाई ३–१ र प्रकाश मगरले बेम्बु क्लबका अमनजंग श्रेष्ठलाई ३–१ ले हराए ।
यस्तै एनजीसी स्नुकरका दीपेश कार्कीले पोट ब्ल्याकका प्रसिम थापालाई ३–०, चामुण्डाका सविन तामाङले बालाजुका सूर्यबहादुर बलामीलाई ३–० तथा सन्दिप मगरले पोट ब्ल्याकका राजेश महर्जनलाई ३–० को फ्रेममा हराए ।






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)
