रितेश विजयी
शुक्रबार, ३० माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । रितेश तामाङले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् ।
रितेशले ज्ञानी लामालाई ३–१ ले पराजित गरे ।
अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा विकास महर्जनले दिलिप रिमाललाई ३–०, निर्भिक लामाले सूर्य थापा मगरलाई ३–०, पदम तामाङले सौरव पोखरेललाई ३–० तथा सुशिलले शम्भु श्रेष्ठलाई ३–२ ले हराए ।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766541370309.webp&w=3840&q=75)



-1766493993239.jpg&w=3840&q=75)
