रत्न र प्रिन्स अन्तिम १६ मा
.jpg&w=3840&q=75)
काठमाडौं । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपीएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
पुरुषको एकलतर्फ रत्नले बिहीबार नवलपरासीका रोशन कुमाललाई २१-१४ र २१-१२ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे ।
यस्तै प्रिन्सले सेनाका पविन लिनथेपलाई २१-५ र २१-९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।
पुरुष एकलतर्फ नै एपीएफका दिपेश धामी, भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।
दिपेशले कैलालीका देवराज रानालाई २१-१६, २१-८ ले, बिकासले सेनाका आयुष्मान नागरीलाई २१-१३, २१-९ले र नविनले एनआरएनए दुवईका साहिल चन्दलाई २१-११, २१-१० ले पराजित गरे ।
सेनाका हिमाल चन्द, एपीएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेको इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दीवस शंकर, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपिएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशिल गिरी पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।
चन्दले परासीका डोलराज मगरलाई २१-८, २१-१७, क्षेत्रीले रामनगरका दिपेन्द्र चेपाङ्गबाट वाक ओभर, बोसले आफ्नै क्लबका सुुजन थापालाई २१-१६, २१-१५, महर्जनले चन्द्रगढीका अखिल श्रेष्ठलाई २१-१३, २१-१९, अन्सारीले धन्वन्तरीका ककेश सत्यालबाट वाक ओभर, बमले एपीएफका सुमन लिम्बुलाई २२-२०, १९-२१, २१-१९, शंकरले सुनसरी ब्याडमिन्टन एकेडेमीका दिवल लिम्बुलाई २१-११, २१-१०, सेढाईले बाराका रामकृष्ण श्रेष्ठलाई २१-११, २१-१५, रुकेशले बाँकेका विलाल वार्सीलाई २१-१२ को समान अन्तरले, कठायतले सेनाका गोकुल जोरालाई २१-१३, २१-११ र गिरीले रुपन्देहीका प्रतिक अर्याललाई २१-२३, २१-११, २१-११ ले पराजित गरे ।
महिला एकलमा एपीएफकी जेशिका गुरुङ भोजपुरकी नङ्गसल देवी तामाङलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेकी छिन् ।
जेशिकाले नङ्गशलमाथि २१-१४, २१-१३ को सेटमा जित निकालिन् ।
यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा एपीएफकी प्रयाक्षी राईले चन्द्रागिरीका मनिषा खड्कालाई २२-२०, २१-१५ले, सेनाकी अनुमाया राईले एपीएफकी शोभा गौचनलाई २१-१३, २१-११ले, कैलालीकी प्राथना देउवाले कैलालीकी प्रियानसी बमलाई २१-५, २१-६, सुनसरी ब्याडमिन्टन एकेडेमीका शिमा राजबंशीले वुटवल ब्याडमिन्टन क्लबकी पुजा बिष्टलाई २१-१०, २१-७, सेनाकी रशिला महर्जनले सूर्यदर्शनकी रिया डङ्गोलबाट वाकओभर, एपिएफकी सुनयना मुखियाले बाँकेकी समिक्षा न्यौपानेलाई २१-६ को समान अन्तरमा र सेनाकी अमिता गिरीले एनआरएनकी सानिया चन्दलाई २१-१६, २१-१२ ले पराजित गरे ।
यू-१७ छात्रतर्फ सेनाका भोजबहादुर गुरुङ एनआरएनका शाहिल चन्दलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । भोजले २१-१९, २१-१८ को जित निकालेका हुन् ।
कैलालीका सोशन साउदले धादिङ्गका निद्धिष्ट अधिकारी माथि २१-१४,२१-१६ को जित निकाले ।
दाङ्गका हिमांशु कवार मगरले सुर्खेतका प्रकाश अधिकारीलाई २१-८, २१-५, नवलपरासीका अक्षय क्षेत्रीले चितवनका लामा छिरिङ्गलाई २१-१७, २१-१८, कपिलबस्तुका रोहित बरालले वुटवल ब्याडमिन्टन क्लबका कृष नेपाललाई २१-९, २१-१५, कैलालीका पारस उपाध्यायले बाँकेका शसी सेखलाई २१-२, २१-१७, सेनाका आयुष्मान नागरीले ललितपुरका सिद्धार्थ महर्जनलाई २१-१०, २१-१७, जेष्ट ब्याडमिन्टन एकेडेमीका क्षितिज खनालले कैलालीका शिषिर रानालाई २१-८, २१-७, गुल्मीका जेनिश थकालीले ललितपुरका निर बज्राचार्यलाई १९-२१, २१-१८, २१-१८, दाङ्गका सुरज गुप्ताले बाँकेका राजेश बि.सीलाई २१-१२, २१-१६, सेनाका हिमाल चन्दले धादिङ्गका निश्चित श्रेष्ठलाई २१-८, २१-१६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)