राष्ट्रव्यापी स्नुकरमा रितेशको जित
बुधबार, माघ २८, २०७७खेलपाटी संवाददाता

काठमाडौं । रितेश तामाङले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा रितेशले ज्ञानी लामालाई ३–१ ले पराजित गरे ।
बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगिताको अन्य खेलमा विकास महर्जनले दिलिप रिमाललाई ३–०, निर्भिक लामाले सूर्य थापा मगरलाई ३–०, पदम तामाङले सौरभ पोखरेललाई ३–० र सुशिल कुश्माले शम्भु श्रेष्ठलाई ३–२ ले हराए ।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।






copy-1761474438174.jpg&w=3840&q=75)


-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





