एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा जित निकालेको छ ।
मंगलबार भएको खेलमा पन्जाबले इन्डियन एरोसलाई २-१ ले हराएको हो ।
पन्जाबको जितमा बाबा डीवाराले दुई गोल गरे ।
इन्डियनका भेलीङटन फेर्नान्डेसले एक गोल फर्काए ।
खेलको ३५ औं मिनेटमा डीवाराले गोल गर्दै पन्जाबलाई अग्रता दिलाएका थिए ।

खेलको ५६ औं मिनेटमा डीवाराले व्यक्तिगत दोस्रो गोल गर्दै पन्जाबलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा इन्डियनका फेर्नान्डेसले गोल गरेपनि पन्जाब २-१ ले विजयी भयो ।
पन्जाबको जितमा किरणले उत्कृष्ट प्रदर्शन गरे ।
जितसंगै पन्जाब लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
पन्जाबले ७ खेलमा ११ अंक जोडेको छ ।
