राष्ट्रव्यापी स्नुकरमा सञ्जय विजयी
मंगलबार, माघ २७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । सञ्जयकुमार मुल्मीले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।
बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा सञ्जयले दावा तामाङलाई ३–० ले पराजित गरे ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा नितेश खंडवालले सनिल भुजेललाई ३–०, केशव केसीले दिप्सन राईलाई ३–२, सुमन कहरले योगेन्द्र गुरुङलाई ३–० तथा सुजन पुनले कमल लामालाई ३–२ ले हराए ।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।






copy-1761474438174.jpg&w=3840&q=75)


-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





