काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार 'बी' डिभिजन लिग अन्तर्गत बाँकी खेलको तालिका सार्वजनिक गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण स्थगित 'बी' लिग फागुन ११ गतेबाट सुरु हुँदैछ ।
कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।
तालिका अनुसार फागुन ११ गते दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।
खेल तालिका :

