काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले विराटनगरविरुद्ध १-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा पुलिसकी निर्मला उपाध्यायले एक गोल गरिन् ।
उनले खेलको ४१ औं मिनेटमा निर्मला बिकको पासमा गोल गरेकी हुन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।