एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत लिभरपुल र आरबी लाइपजिगबीचको पहिलो लेग खेल हंगेरीमा हुने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण जर्मनीमा यात्रा गर्न प्रतिबन्ध लागेपछि लिभरपुल र लाइपजिगबीचको खेल हंगेरीमा हुने भएको हो ।
लिभरपुल र लाइपजिगबीचको खेल बुडापेस्टस्थित पुस्कास एरिनामा फेब्रुअरी १६ मा हुनेछ ।
यस अघि पहिलो लेग खेल लाइपजिगको मैदानमा तय भएको थियो ।
दोस्रो लेगको खेल भने लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।
दोस्रो लेग खेल मार्च १० मा हुनेछ ।