आयाक्सका गोलकिपरलाई एक वर्षको प्रतिबन्ध

एजेन्सी । डच क्लब आयाक्सका गोलकिपर आन्द्रे ओनानालाई फुटबलमा एक वर्षको प्रतिबन्ध लागेको छ ।
प्रतिबन्धित शक्तिवर्द्धक औषधिको प्रयोग (डोपिङ) परिक्षणमा असफल भएपछि ओनानामाथि १२ महिनाको प्रतिबन्ध लागेको हो ।
प्रतिबन्धसँगै २४ वर्षीय गोलकिपर फुटबल सम्बन्धिको कुनैपनि कार्यक्रममा उपस्थिति हुन पाउने छैनन् ।
गत वर्षको अक्टोबरमा गरिएको टेस्टमा ओनानाले प्रतिबन्धित शक्तिवर्द्धक औषधिको प्रयोग गरेको पाईएको थियो ।
उनको पिसाब परिक्षण गर्दा फ्युरोसेमाइड नामक औषधि प्रयोग गरेको पाईएको थियो ।
तर, आयाक्सले भने ओनानाको बचाऊ गर्दै उनले झुक्किएर श्रीमतीको औषधि प्रयोग गरेको जनाएको छ ।
यस्तै आयाक्सले उनको प्रतिबन्धविरुद्ध अपिल गर्ने समेत जनाएको छ ।
क्यामरुनका ओनाना आयाक्सका पहिलो रोजाईका गोलकिपर हुन् ।
ओनानाको प्रतिबन्धसँगै आयाक्सलाई समस्या थपिएको छ ।
उनले यस सिजन लिगमा २० खेल खेलिसकेका थिए ।
यस्तै च्याम्पियन्स लिगमा ६ खेल खेलेका थिए ।
ओनाना पछिल्लो समय चेल्सी र बोरुसिया डर्टमण्डसँग जोडिएका थिए ।
उनलाई अनुबन्ध गर्न दुबै क्लबले चासो देखाएको थियो ।