एट्लेटिकोका डेम्बेलेलाई कोरोना
२०२१ फेब्रुअरी ५, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्ट्राइकर मोउसा डेम्बेलेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
एट्लेटिकोले डेम्बेलेलाई कोरोनाको संक्रमण भएको पुष्टि गरेको छ ।
डेम्बेले कोरोना संक्रमित हुने दोस्रो खेलाडी हुन् ।
यस अघि जोआ फेलिक्सलाई कोरोना संक्रमण देखिएको थियो ।
फेलिक्सलाई कोरोना देखिएपछि अन्य खेलाडीमा परिक्षण गर्दा डेम्बेलेको रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना संक्रमणपछि डेम्बेले सेल्फ आईसोलेसनमा बसेको एट्लेटिकोले जनाएको छ ।
अब डेम्बेलेले च्याम्पियन्स लिग अन्तर्गत चेल्सीको खेल गुमाउने भएका छन् ।
एट्लेटिकोले अन्तिम १६ मा चेल्सीसँग यसै महिना खेल्दैछ ।