लेवान्डोस्कीलाई बेस्ट प्लेयरकाे अवार्ड
२०२१ फेब्रुअरी ५, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले 'आईएफएफएचएस बेस्ट प्लेयर' अवार्ड जितेका छन् ।
सन् २०२० को उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले उक्त अवार्ड जितेका हुन् ।
उनले 'ईन्टरनेसनल टप गोल स्कोरर' अवार्ड समेत जितेका छन् ।
सन् २०२० मा अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल कर्ता बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् ।
बायर्नकै गोलकिपर म्यानुएल नुएरले गोलकिपर अवार्ड जितेका छन् ।
यस्तै प्रशिक्षक हास्नी फ्लिकले प्रशिक्षकको अवार्ड जितेका छन् ।