चेल्सीले टोटेनहमलाई हरायाे
२०२१ फेब्रुअरी ५, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीले टोटेनहमलाई उसैको मैदानमा हराएको हो ।
चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे ।
खेलको २४ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट गोल गरेका हुन् ।
एरिक डायरले पेनाल्टी क्षेत्रमा टिमो वार्नरलाई लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।
जसमा जोर्गिन्होले सहजै गोल गरे ।
जितसंगै चेल्सी लिगको छैटौं स्थानमा उक्लिएको छ ।
चेल्सीले २२ खेलमा ३६ अंक जोडेको छ ।
टोटेनहम २२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।