महिला लिग : दोस्रो चरणको खेल तालिका सार्वजनिक
२०२१ फेब्रुअरी ४, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो ।
महिला लिगको दोस्रो चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार शनिबार त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
जारी महिला लिगको पहिलो चरण सकिदा साविक विजेता एपीएफ अपराजित रहेको छ ।
एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ ।
यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौंथो स्थानमा रहेको छ ।
वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ, ३ अंक जोडेको चन्द्रपुर छैटौं र अंक विहीन चौदण्डीगढी पुछारमा रहेको छ ।
खेल तालिका -