टोटेनहम र चेल्सी भिड्दै
२०२१ फेब्रुअरी ४, बिहिबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
टोटेनहम र चेल्सीबीचको खेल टोटेनहमको मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
पछिल्लो समय खराब लयमा रहेका दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।
दुबै टिम जित निकाल्दै अंक तालिका सुधारको योजनामा हुनेछ ।
टोटेनहम २० खेलमा ३३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
चेल्सी २१ खेलमा ३३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
घरेलु मैदानमा चेल्सीविरुद्ध मैदान उत्रदा टोटेनहमलाई खेलाडीको चोटले भएँ सताउने छ ।
चेल्सीविरुद्ध ह्यारी केन, डेली अली, जियोभानी लो सेल्सो र सर्जियो रेगुईलोनले खेल्ने छैनन् ।
चेल्सीका विंगर हाकिम जिएच मैदान फर्कने सम्भावना रहेको छ ।
तर, कुर्ट जौमा र काइ हाभर्ट्जले खेल्ने सम्भावना कम रहेको छ ।