एजेन्सी । कोरोना भाईरसको संक्रमणको कारण इरानका पूर्व फुटबलर अली अन्सारियनको निधन भएको छ ।
तेहरानको एक अस्पतालमा पूर्व डिफेन्डर अलीको ४३ वर्षको उमेरमा निधन भएको हो ।
कोरोनाको संक्रमण भएपछि उनि अस्पताल भर्ना भएका थिए ।
उनले इरानको राष्ट्रिय टिमबाट सन् १९९८ देखि २००७ सम्म खेलेका थिए ।
फाजिर सेपासीबाट सन् १९९६ मा फुटबल करियर सुरु गरेका अली दुई वर्षपछि पेर्सेपोलिसमा आबद्द भएका थिए ।
गत साता मात्रै इरानकै पूर्व खेलाडी तथा प्रशिक्षक मेहर्दाद मिनाभन्डको कोरोनाको कारण निधन भएको थियो ।
सन् १९९८ को फिफा विश्वकपमा उनी इरानी टिममा रहेका थिए ।