एजेन्सी । आरबी लाइपजिग जर्मन कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बोचमलाई ४-० गोल अन्तरले पराजित गर्दै लाइपजिग अर्को चरणमा पुगेको हो ।
घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन युसुफ पाउल्सेनले दुई गोल गरे ।
यस्तै अमाडो हैदरा र मार्सल सबिट्जरले एक एक गोल गरे ।

खेलको ११ औं मिनेटमा हैदराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मार्सलले गोल गर्दा लाइपजिगको अग्रता २-० को बन्यो ।
दोस्रो हाफमा युसुफ चम्किए ।
खेलको ६६ औं मिनेटमा युसुफले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।
यस्तै बोरुसिया मोन्चेनग्लाडवाचले पनि चौंथो चरणमा स्थान पक्का गरेको छ ।
मोन्चेनग्लाडवाचले बुधबार राति स्टुगार्डलाई २-१ ले हराएको हो ।