एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३-० ले हराएको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन एन्जल डी मारिया, पाब्लो सराबिया र केलियन एमबाप्पेले एक एक गोल गरे ।
खेलको १८ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा सराबियाले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ६८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-० को सहज जित दिलाए ।
जितसँगै पीएसजीले २३ खेलमा ४८ अंक जोडेको छ ।
पीएसजी तेस्रो स्थानमा रहेको छ ।
निम्स १५ अंक जोडेर पुछारमा रहेको छ ।