एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा ग्राबियल जिसस र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।
बर्नलीको मैदानमा जिससले तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३८ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

जितसंगै सिटीले लिगमा ३ अंकको अग्रता बनाएको छ ।
सिटीले २१ खेलमा ४७ अंक जोडेको छ ।
दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ४४ अंक रहेको छ ।
बर्नली २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
अर्को खेलमा लेष्टर सिटीले फुलहमलाई २-० ले नै हराएको छ ।
लेष्टरको जितमा केलिची र जेम्स जस्टिनले एक एक गोल गरे ।
लेष्टर ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फुलहम १४ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।