एजेन्सी । इटालियन सिरी 'ए' क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविच र इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुलाई एक एक खेलको प्रतिबन्ध लागेको छ ।
कोपा इटालिया अन्तर्गतको डर्बी भिडन्तमा एक अर्काविरुद्ध झगडामा गरेका इब्राहिमोविच र लुकाकुलाई एक एक खेलको प्रतिबन्ध लागेको हो ।
कोपा इटालियाको क्वाटरफाइनलमा इब्राहिमोविच र लुकाकुबीच झगडा भएको थियो ।
इब्राहिमोविचले लुकाकुलाई अपशब्द प्रयोग गरेपछि विवाद भएको हो । तर, इब्राहिमोविचले आफुले त्यसो नगरेको बताईसकेका छन् ।

लुकाकुसँग विवाद गर्दा इब्राहिमोविच ५७ औं मिनेटमा रातो कार्ड पाउदै मैदानबाट बाहिरिएका थिए । रातो कार्डसंगै उनि एक खेलको प्रतिबन्धमा परेका हुन् ।
यस्तै लुकाकु पनि यस सिजनको कोपा इटालियामा दुई पहेलो कार्ड पाएको कारण प्रतिबन्धमा परेका हुन् ।
इब्राहिमोविच र लुकाकुले झगडा गरेको डर्बीमा इन्टरले जित निकालेको थियो ।