प्रिन्स विश्व वरियताको तेस्रो नम्बरमा
शुक्रबार, माघ २, २०७७खेलपाटी संवाददाता

काठमाडौं । युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा उक्लिएका छन् ।
ब्याडमिन्टनको विश्व महासंघले सार्वजनीक गरेको नयाँ वरियता अनुसार ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको तेस्रो स्थानमा अटाएका हुन् ।
उनी भन्दा माथि भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् ।
प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुलो सफलता हात पारेका हुन् ।
ब्याडमिन्टनको इतिहासमा प्रिन्सले प्राप्त गरेको सफलतानै नेपालका लागि पहिलो हो ।

विश्व ब्याडमिन्टन महासंघले महिला, पुरुष र जुनियर गरि तीन विधामा वरियता सार्वजनीक गर्ने गरेको छ ।
जसमा नेपालका प्रिन्सले जुनियरतर्फको विधामा विश्वका उत्कृष्ट तीन खेलाडीमा उक्लिन सफल भएका हुन् ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


