• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
रत्न र गौतम क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, माघ १, २०७७ खेलपाटी संवाददाता
रत्न र गौतम क्वाटरफाइनलमा

काठमाडौं । सेनाका रत्नजित तामाङ र एपिएफका गौतम कठायत सिराहामा जारी योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिराहाको गोलबजारमा जारी प्रतियोगिता अन्तर्गत पुरुषतर्फ समूह 'ए' बाट रत्नजित समूह विजेता र गौतम उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

अब रत्नले समूह 'सी' को दोस्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् ।

तीनमा दुई खेल जित्दै उपबिजेता भएका गौतमले समूह 'सी'का विजेता सेनाका प्रफुल महर्जनको सामना गर्ने भएका छन् ।

प्रफुलले ३ मा तीन जित निकालेका थिए । यस्तै बिकासले तीनमा दुई खेलमा जित निकाले ।

यस्तै समूह 'बी' बाट एपिएफका दीपेश धामी र सेनाका नविन श्रेष्ठ विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरे ।

दीपेशले तीनमा ३ खेलमै जित निकालेर समूह विजेता बने भने नविनले एक खेल गुमाएका थिए ।

अब दीपेशले समूह 'डी'का उपविजेता रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । रुकेशले आफ्नो समूहमा तीनमा दुई जित निकाल्दै समूह उपविजेता बनेका हुन् ।

समूह 'डी' का विजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह 'बी'का उपविजेता सेनाका नविन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आफ्नो समूहमा शतप्रतिशत जित निकालेका थिए ।

बिहीबार भएको अन्तिम लिगमा एपिएफका गौतमले एपिएफकै सुमन लिम्बुलाई २१-९, २१-८ ले, पुलिसका सुनिल जोशीले बाँकेका इरफान अन्सारीलाई २१-१८, २१-१६ ले,
तथा सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापा मगरलाई २१-१६, २३-२१ ले पराजित गरे ।

सेनाका रुकेश महर्जनले पुलिका जीवन आचार्यलाई २५-२३, २१-६ ले, सेनाका रत्नजितले धादिङका सुदीप सेढाईलाई २१-११, २१-११ ले, एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले, भोजपुरका बिकाश श्रेष्ठले पुलिसका दीपक बोहरालाई २१-१५, २१-१२ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-८, २१-९ ले पराजित गरे ।

महिलातर्फ समूह 'ए' मा भोजपुरकी नङ्गशल देवी तामाङ र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी विजेता तथा उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

अब नङ्गशलले समूह 'सी'की उपविजेता एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । नङ्गशलले समूहमा शतप्रतिशत जित निकालिन ।

यस्तै राजबंशीले समूह 'सी'की विजेता राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्नेछिन् । समूह 'बी' बाट सेनाकी अमिता गिरी र एपिएफकी सुनयना मुखिया विजेता तथा उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेकी छिन् । अमिताले समूह 'डी' की उपविजेता अनुमाया राई र सुनयनाले एपिएफकी जेशिका गुरुङको सामना गर्ने छन् ।

प्रतियोगिताको र्याकिङ १६ बाहेकको पुरुष एकलतर्फ सेनाका पविन लिनथेपले बिराट ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २०-२२, २१-१४, २१-१३ पराजित गरे ।

भोजपुरका बिशाल तामाङले कैलालीका रोशन खत्रीलाई २१-९, २१-७ ले, पुर्ण बहादुर थपा, पुलिसले सौरभ बम, कञ्चनपुरलाई २१-१०, २१-१७ ले, डेभिड थापामगर, सेनाले सुजन थापा, साईनो एसएचलाई २१-१७, २१-१६ले, देवराज राना, कैलालीले, रोहित बराल, कपिलबस्तुलाई २१-१२, २१-१६ ले, एशिया जबेगु, पाँचथरले भोजबहादुर गुरुङ सेनालाई २१-१६, २१-१४ले, गोकुल जोरा सेनाले, प्रियान्सु सिंह क्षेत्री, एपिएफलाई २१-१८, २१-१८ ले तथा विवेक चौधरी कञ्चनपुरले कृष्ण पाठक धनकुटालाई २१-९, २१-१० ले पराजित गरे ।

सेनाका सन्तोष पनेरुले राज बर्मा कपिलबस्तुलाई २१-१४, २१-१५ ले, शिव थापा बाँकेले रोशन साउद कैलालीलाई १९-२१, २१-१९ को सेटमा रिटायर्ड हर्ट, ईन्द्रबहादुर महता, एपिएफले नरेन्द्र बम सुर्खेतलाई २१-१८, २१-१६ ले, सुजन श्रेष्ठ बुढासुब्बा ब्याडमिन्टन एकेडेमीले निशान्त कटुवाल संखुवासभाबाट वाकओभर, दिवस शंकर सेनाले, प्रकाश चन्द कञ्चनपुरलाई २१-१६, १७-२१, २१-८ ले, पेम्बा शेर्पा सोलुखुम्बुले योगेश खड्का कैलालीलाई २१-१७, १७-२१, २१-१९ ले, आयुष्मान नागरी सेनाले अनिल मल्ल ठकुरी सुर्खेतलाई २१-१७, २१-३ ले तथा निराजन देवकोटा एपिएफले बिन्याक्स खत्री पाल्पालाई २१-१५, २१प्-११ले पराजित गर्दै राउण्ड १६ मा प्रवेश गरे ।

भेट्रान्स युगल तर्फको खेलमा ईमाडोल ब्याडमिन्टन क्लबका दिलकुमार कन्दंवा र लोक बहादुर श्रेष्ठको जोडी, बशन्त लाल बज्राचार्य र महेशमान बज्राचार्य पाल्ला, देवेन्द्र राना र चुडामणी उपाध्याय कैलाली, अनिल कुमार लाखे बाँके सुभाष श्रेष्ठ चितवन, लक्ष्मण बिसी र नारायण श्रेष्ठ रामेछाप, शोभाकर भण्डारी र नविन पराजुली पोखरा, अमर बिष्ट र संजीव श्रेष्ठ संखुवासभा, भुपाल रानामगर र चित्र थापा उदयपुर, हरि खत्री र मन बहादुर राना कालिका, पूर्णहरी होना र संजय कपाली पिस एफसी तथा जीवन बोगटी र डिल्ली राम दागी पनि आआफ्ना प्रतिद्वन्दीलाई पन्छाउँदै राउण्ड १६ मा प्रवेश गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हिमालयन शेर्पाको पहिलो जित
हिमालयन शेर्पाको पहिलो जित
कप्तानको विषय गिजोल्दै एन्फा
कप्तानको विषय गिजोल्दै एन्फा
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
फ्रेन्ड्सको जितमा मन्दीपको ५ गोल
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP